सिरहा । सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालहरुमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा अबैध रुपमा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अगुमन गरेका हुन्।
अनुगमनको क्रममा १३ वटा अस्पताल अबैध रुपमा चलाइरहेको भन्दै बन्द गराइएको मुख्यमन्त्री सिंहले बताए। उनले भने, ‘अबैध रुपमा सञ्चालित सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर लाई बन्द गराइएको छ।’
यसैगरी, ‘शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गराइएको छ । ती अस्पतालमध्ये अधिकांश दर्ता नरहेको र कतिपय नवीकरण नभएर पनि अवैध रूपमा चल्दै आएको उनको भनाइ छ ।’
यसैगरी, मापदण्ड विपरित सञ्चालित मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने पत्र काटिएको छ । यो अस्पतालले १५ बेडको मात्रै स्वीकृति पाए पनि अवैध रुपमा त्यसभन्दा बढी सेवाहरू सञ्चालन गर्दै आएको पाइएको छ । अब यो अस्पतालले १५ दिनभित्र स्वास्थ्य मन्त्रालयबाट अनुगमन गराउनु पर्ने जनाइएको छ ।
अवैध रुपले सञ्चालित अस्पतालमध्ये सिद्धकामना हस्पिटलका दुई कर्मचारी समेत पक्राउ गरेको छ । अस्पतालमा बिरामी भर्ना भए पनि अनुगमन टोली जाने बित्तिकै सटर बन्द गरेर भाग्न खोजेका दुई कर्मचारीलाई प्रहरीको जिम्मा लगाइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष कुमार ठाकुरले बताए ।
त्यसैगरी, मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउसको कारखाना सिल गरिएको छ । खाने कुरा बनाउँदा अखाद्य तथा कुहिएका बस्तु प्रयोग गरिएको र जथाभावी फोहोरमैला देखिए पछि कारखाना सिल गरिएको जनाइएको हो ।
आइतबार सम्बन्धित निकायले यो कारखानाबाट नमूना संकलन गरेर लाने र त्यसको जाँच गरी सञ्चालकलाई प्रचलित कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने मुख्यमन्त्री सिंहले जनाएको छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend