Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराजालाई नजरबन्दमा राखिए अप्रिय स्थिति निम्तिन्छ : नवराज सुवेदी


    शनिबार, चैत्र १६ २०८१
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसमेतलाई पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले बिरोध गरेका छन् ।

    संयोजक सुवेदीले शनिबार जारी गरेको विज्ञप्तिमा ज्ञानेन्द्रलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको उल्लेख छ । त्यस अनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

    चैत १५ गते दिउँसो ११ बजेदेखि काठमाडौँको तीनकुनेमा आयोजना गरिएको आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित घुसपैठ गराइएको सुवेदीको दाबी छ । त्यसपछि अनपेक्षित प्रहरी दमनका कारण सभा बिथोलिएको उनको दाबी छ ।

    ‘सभामा उपस्थित नागरिकहरू माथि अश्रुग्याँस लगायत गोली प्रहार गरेर नागरिकको हत्याका अतिरिक्त तोडफोड र आगजनी गराइ आतंक सिर्जना गर्ने घटनाको घोर भत्र्सना गर्दै सहादत प्राप्त गर्ने वीर योद्धा सहिद प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौैं’, विज्ञप्तिमा भनिएको छ ।

    यस्तै आन्दोलनका कमान्डर दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, कार्यक्रम पश्चात् जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र, आन्दोलन परिचालन संयोजक धवल शमशेर राणा तथा प्रवक्ता अधिवक्ता स्वागत नेपाल लगायतलाई पक्राउ गर्ने र आफूलाई समेत घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    तर, जनताद्वारा गरिने आन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने र जनचाहना तथा जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै सुवेदीको भनाइ छ । सुवेदीले आफूहरू सदैव शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको पनि बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार