Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनमा मजदुरको तलबमा १० प्रतिशत थपेर दिने घोषणा 


    आइतबार, बैशाख ७ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  बारा, ७ बैशाख । कोरोना भाइरस रोकथाम गर्नको लागि सरकारले जारी गरेको लकडाउनको समयावधिमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्ना दुई उद्योगमा कार्यरत मजदुरलाई  तलबमा १० प्रतिशत थपेर दिने घोषणा गरेका छन्।

     उनले बाराको सिमरास्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चर अन्तर्गत मेवा खेतीमा कार्यरत मजदुरको तलवमा लकडाउन अवधिमा १० प्रतिशत बढाउने घोषणा गरेका हुन्।

    सांसद श्रेष्ठले संकटको बेलामा मजदुरहरुको मनोवल बढाउनका लागि यस्तो निर्णय गरेको  बताए। ग्यास उद्योगमा अहिले पनि काम भइरहेको छ भने मेवा खेतीको काम ठप्प छ।

    यसअघि श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र तनहूँ क्षेत्र नं १ का ५ वटा पालिकालाई स्वास्थ्य समाग्रीहरु वितरण गरेका थिए। उनले सबै स्थानीय तहमा १५ हजार सर्जिकल मास्क, ५० वटा पिपिई र ५० बोतल स्यानिटाइजर वितरण गरेका थिए।

    आफ्ठ्यारोमा परेका तनहुँ क्षेत्र नं १ का मजदुर श्रमिकलाई आफूले सकेको सहयोग गरिरहेको समेत उनले बताएका छन्।

    त्यस्तै सांसद श्रेष्ठले तनहुँ जिल्लामा उत्पादित तरकारी तथा कृषि उपज जिल्लाभित्रै खपत गराउनका लागि लकडाउन अवधिमा बाहिरबाट तरकारी भित्र्याउन नदिन समेत प्रशासनसँग आग्रह गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार