रौतहट। मधेश प्रदेशमै उत्कृष्ट गौर प्रादेशिक अस्पताल १०० बेडमा स्तरोन्नती भएको छ। कार्यसम्पादन संगै उपचारका लागी आउने बिरामीको संख्याको आधारमा प्रादेशिक अस्पताल गौर लाई ५० बेडबाट १०० बेडमा स्तरोन्नती गरीएको हो।
अस्पतालको लागी अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्तावमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार १०० बेडको अस्पताल स्तरोन्नति तथा सञ्चालनको स्वीकृती प्रदान गरिएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ।
५० बेडबाट १०० बेडमा स्तरवृद्धि अस्पतालको क्षमतामा वृद्धि हुनुले विगतदेखि बिरामीहरूले पाउँदैआएको सेवा सुविधामा थप सुधार हुने अपेक्षा गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महमद अनवर हासमिले न्युज कारखाना लाई बताएका छन्।
प्रादेशिक अस्पतालमा थप विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी, पूर्वाधारमा, सुधार, थप उपकरण र सुविधा सम्पन्न भवनहरूमा बिरामीको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने समितिका अध्यक्ष हाशमीले जानकारी दिएका छन्।
स्तरवृद्धि अस्पतालको विकास र सुधारको लागि एउटा महत्वपूर्ण कदम हो ,यसले गौर क्षेत्रका जनतालाई अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने तथा उपचारको लागि हजारौँ रुपैयाँ खर्चेर बाहिर जानुपर्ने बाध्यता हटेको मेडिकल सुप्रीटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले विश्वास लिएका छन् ।
यस अघि सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल गत माघ महिनामा मधेश प्रदेश मै उत्कृष्ट बनेको थियो भने देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल भएको थियो। मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अनुसार गरिएको अनुगमन निरिक्षण पछि कार्यसम्पादन मूल्यांकनको आधारमा उक्त घोषणा गरिएको थियो।
प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिसत मार्क ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको थियो।
न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अन्तर्गत प्रदेश लगायत स्थानबाट गएको अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामी संग गर्ने ब्यवहार,भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष ,शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी उत्कृष्ट घोषित गरेको थियो।
केही समय अघिसम्म रेफरल अस्पातालको नामले परिचित भएको प्रादेशिक अस्पताल गौर समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर छुट्टै पहिचान कायम गर्न सफल भएको स्थानीयहरूले बताउँदै आएका छन्।
यस आर्थिक बर्षको ७ महिनामा बिभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको अस्पताको तथ्याङ्कमा उल्लेख गरिएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend