काठमाडौँ । ह्वाट्सएपमार्फत् चिट चोराउने कार्यमा संलग्न दुई निरीक्षकलाई बारा प्रशासनले पक्राउ गरेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डिजिटल प्रविधिको दुरुपयोग गर्दै चिट चोर्ने नयाँ तरिका अपनाइएको खुलेको हो।
बारा प्रशासनले आज बिहान कलैया उपमहानगरपालिका–१ स्थित पन्नादेवी कन्या मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले डिजिटल माध्यम प्रयोग गरी परीक्षार्थीलाई चिट उपलब्ध गराएको खुलेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीका अनुसार पक्राउ परेकाहरूले गल्ती स्वीकार गरिसकेका छन् र उनीहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रजिअ अधिकारीका अनुसार परीक्षाको अनुगमनका क्रममा शंका लागेपछि निगरानी बढाइएको थियो। अनुसन्धानका क्रममा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड सौरभले ‘साथी’ नामक ह्वाट्सएप ग्रुप बनाइ परीक्षामा चिट चोर्ने योजनामा संलग्न रहेको खुलासा भयो।
‘उनीहरूले प्रश्नपत्रको फोटो खिचेर सो ग्रुपमा पठाउने, त्यसपछि उत्तर प्राप्त गरी परीक्षार्थीलाई उपलब्ध गराउने गरेका थिए,’ प्रजिअ अधिकारीले भने। तर, आज उत्तर परीक्षार्थीहरूसम्म पुग्न नपाउँदै उनीहरूलाई मोबाइलसहित नियन्त्रणमा लिएको हो।
अधिकारीका अनुसार निरीक्षक रञ्जु कुमारीले सोही परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी आफ्नी छोरीलाई चिट दिन उक्त ह्वाट्सएप ग्रुपको प्रयोग गरेकी थिइन्।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend