काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न सबैलाई आग्रह गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोली(बिहीबार) देखि सुरु हुने एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने जनाएपछि बोर्डले आन्तरिक रूपमा उठेका बिषय मिलाएर परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न आग्रह गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रदेश सरकारले गरेका निर्णयमा बोर्डले हस्तक्षेप गर्न नमिल्ने तर परीक्षा सञ्चालनमा अवरोध गर्न नहुने बताएका हुन्। अध्यक्ष शर्माले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र जिल्ला परीक्षा समन्वय समितिले छलफल गरेर यो विषय छिटो मिलाउनुपर्नेमा पनि जोड दिए।
उनले भने, ‘परीक्षालाई मार्यादित बनाउन बोर्ड लागिरहेको छ। परीक्षा रोक्ने र नराम्रो बनाउने मनसाय मुख्यमन्त्रीको पनि होइन होला। तर, सबै पक्षको सहयोग भए मात्र परीक्षा सफल र मर्यादित बनाउन सकिन्छ।’
मधेस प्रदेश सरकारले फागुन २६ गते एसईईलाई मर्यादित तथा व्यवस्थित बनाउन परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने निर्णय गरेको थियो। तर, जिल्ला परीक्षा समन्वय समितिले निर्णय कार्यावन्यन नगरेको भन्दै मंगलबार मुख्यमन्त्री सिंहले जनकपुरमा पत्रकार सम्मेलन गर्नै एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने बताएका थिए। तर, उनले परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगरिने पनि बताएका छन्।
केन्द्राध्यक्ष परीक्षा केन्द्र रहेको विद्यालयका प्रधानाध्यपकलाई सिफारिस गरिँदा परीक्षा मर्यादित नहुनेमा उनको जोड थियो। भोलि (बिहीबार) बिहानदेखि सञ्चालन हुन लागेको एसईई परीक्षामा मधेस प्रदेशबाट ८८ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुँदैछन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend