काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि अब एमडी-एमएस अध्यापन हुने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रहरी अस्पतालमा एमडी-एमएस कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नेपाल प्रहरी अस्पताल र न्याम्सबीच सम्झौता भएको छ । नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजु र न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा. लोचन कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
न्याम्सका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संरक्षकका रूपमा हस्ताक्षर गरेका छन् ।
अहिले प्रारम्भिक सम्झौता भएको न्याम्सका उपकुलपति डा। बस्नेतले बताए । सम्झौतापछि अब प्रहरी अस्पतालमा कुन विषय कति सिट सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन गरिने उनले जानकारी दिए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend