काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ।
महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रुपमा सरुवा गरिएको छ। डा. झा नारायणी अस्पतालमा थिए। त्यसअघि उनी कोशी अस्पतालका निर्देशक थिए। यसैगरी, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ। घिमिरे बाल रोग विशेषज्ञ हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा. किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानमा सरुवा गरिएको छ।
११औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि जिम्मेवारी दिइएको छ । प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ । कार्डियोलोजिस्ट डा. मनोज कोइरालाको दरबन्दी कोशी अस्पतालमा कायम गरिएको छ ।
हाल भने कोइरालालाई काजमा पोखरा पठाइएको छ, मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेललाई कोशी, प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीलाई नारायणी, प्याथालोजिस्ट निलम वैद्यलाई भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पतालमा पदस्थापन गरिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend