काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ।
महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुखका रुपमा सरुवा गरिएको छ। डा. झा नारायणी अस्पतालमा थिए। त्यसअघि उनी कोशी अस्पतालका निर्देशक थिए। यसैगरी, गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रमुख डा. एन्जिला घिमिरेलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरिएको छ। घिमिरे बाल रोग विशेषज्ञ हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पतालमा कार्यरत डा. किरणमणि पौडेललाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानमा सरुवा गरिएको छ।
११औं तहमा बढुवा भएका ६ जना चिकित्सकलाई पनि जिम्मेवारी दिइएको छ । प्रमुख बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिम्मेवारी दिइएको छ । कार्डियोलोजिस्ट डा. मनोज कोइरालाको दरबन्दी कोशी अस्पतालमा कायम गरिएको छ ।
हाल भने कोइरालालाई काजमा पोखरा पठाइएको छ, मानसिक रोग विशेषज्ञ डा. अजिता पौडेललाई कोशी, प्रमुख अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीलाई नारायणी, प्याथालोजिस्ट निलम वैद्यलाई भरतपुर र डेन्टल सर्जन बन्दना खनाललाई कोशी अस्पतालमा पदस्थापन गरिएको छ।
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend