Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयलाई त्रिविको अनुरोध


    आइतबार, फाल्गुन २५ २०८१
    1.1K
    Shares
    2017-photo(c)narayan maharjan
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

    त्रिविका सूचना अधिकारी शान्ताकुमारी न्यौपानेले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्यकक्षमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल सरकार र गृह मन्त्रालयलाई अनुरोध गरेका हुन् ।

    यही फागुन २३ गते त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसी र अध्ययन संस्थानको डिन कार्यालयको कार्यकक्षमा विद्यार्थी समूहले तोडफोड गरेको थियो। देश(विदेशमा छुट्टै पहिचान कायम गर्न सफल त्रिवि आफ्नो उद्देश्यअनुसार काम गर्दा कुनै कमीकमजोरी देखिए वा कुनै समस्या देखिए वार्ता र संवादद्वारा समस्या समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

    सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने कार्य यही चैत ५ गते हुन गइरहेको स्ववियुलाई भयरहित वातावरणमा सम्पन्न हुन सकोस् भन्ने उद्देश्यबाट प्रेरित रहेको स्पष्ट रहेको त्रिविले जनाएको छ।

    tu

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार