Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चलचित्र ‘अनोरा’ ओस्करमा उत्कृष्ट, ५ विधामा जिते अवार्ड


    सोमबार, फाल्गुन १९ २०८१
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोहमा फिल्म -अनोरा’ ले आफ्नो दबदबा कायम गरेको छ । यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच विधामा ओस्कार अवार्ड जितेको छ ।

    फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए। यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ ।

    अभिनेत्री म्याडिसनले अनोराको लागि ओस्कार जितेपछि हलिवुडमा परिवर्तनको सुरुवात गर्ने बताएकी छन् । उनले सम्पूर्ण यौनकर्मीहरुलाई आफ्नो अवार्ड समर्पित गर्दै यौनकर्मीहरूलाई आफ्नै क्षेत्रमा काम गर्ने कामदारको रूपमा सम्मान हुनुपर्ने बताएकी छन् ।

    त्यस्तै उत्कृस्ट निर्देशकको अवार्ड जितेपछि शन बेकरलेले साँच्चै स्वतन्त्र फिल्म बनाएको प्रतिक्रिया दिएका छन् । साथै उनले यस फिल्मलाई मान्यता दिएकोमा एकेडेमीलाई धन्यवाद दिएका छन् ।

    फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन गरी कुल पाँच अवार्ड जितेको छ । यस वर्षको ओस्कारमा, फिल्म द ब्रुटालिस्टले पनि तीन विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ भने फिल्म विक्डले दुई, एमिलिया पेरेजले दुई र ड्युनस् पार्ट टुले दुई विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार