काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने भएको छ । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् ।
स्वयम्भू महोत्सवले स्थानीय पहिचान र पर्यटन प्रवर्धन हुने तथा समुदाय स्तरको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताएका छन् ।
बिहीवार स्वयम्भू महोत्सवका विषयमा जानकारी दिने उद्देश्यले धर्मचक्र पार्कमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डंगोलले अपेक्षाका विषयमा जानकारी गराएका थिए ।
वडाध्यक्ष डंगोलले भने, ‘महोत्सव सम्भावनाको खोजी हो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने थलो हो । सम्पदा क्षेत्र बसन्तपुर र पर्यटकीय क्षेत्र ठमेल स्वयम्भूबाट पैदल दुरीमा छ । पर्यटन पूर्वाधार पूर्ण भएकोले यस क्षेत्रमा पर्यटन व्यवस्थापनका प्रशस्त सम्भावना छन् । यसले स्थानीयबासीको जीविकोपार्जन र आय आर्जनमा ठुलो योगदान गर्नेछ । ’
वडा सचिव प्रमोद अधिकारीका अनुसार महोत्सव सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको छ । महोत्सवका गतिविधिलाई व्यवस्थित गर्न कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जनको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति, व्यवस्थापन उपसमिति र स्वागत उपसमिति गठन भएको छ । यी उपसमितिहरुमा क्रमश ५२ जना, ३० जना र १२० जना सदस्य रहेका छन् ।
वडा सदस्य रीता मिजारको संयोजकत्वमा १७ सदस्यीय प्रचार प्रसार उपसमिति, अप्सरा खत्रीको संयोजकत्वमा ३५ सदस्यीय सरसफाइ तथा स्टल उपसमिति र वडा सदस्य विजु श्रेष्ठको संयोजकत्वमा २ सय सदस्यीय स्वयमसेवक तथा शान्ति सुरक्षा व्यवस्था उपसमिति गठन भएको छ ।
महोत्सवमा प्रदर्शनी र सेवाका लागि करिब ६० वटा स्टल रहनेछन् । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् ।
महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend