काठमाडौं – कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरुमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् ।
‘हिजोआज सामाजिक सञ्जालमा महजोडीले युएसएआइडीको पैसा लिएर धर्मविरोधी काम र प्रचार गर्यो भनेर अनर्गल प्रचार गरिएको छ । हामीलाई आफ्नो हितैशीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौं । जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन् । यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर जाँच्नु भए हुन्छ ।’
हरिवंश आचार्यले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा सचेतना फैलाउने-मदनबहादुर-हरिबहादुर’ ‘आमा’, ‘असल लोग्ने’ जस्ता टेलिफिल्महरूबाट कुनै धर्मविरोधी प्रचार नगरेको प्रस्ट्याए । ‘यो हामीले युट्युबमा किताबजस्तै छर्लंगै हुने गरी राखेका छौं । त्यहाँ कहीँ पनि सनातन हिन्दू धर्म, बुद्ध धर्म र कुनै पनि धर्मको विरोध गरेका छैनौं। अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं,’ उनले भने ।
हरिवंशले ०५२ मा ‘पन्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रम गर्दा त्यसमा पण्डित पात्रको प्रवृत्तिमाथि व्यंग्य गरेको कुरालाई लिएर पनि भ्रम सिर्जना गरिएको बताए । ‘पण्डित भन्दैमा भगवान हुँदैन । व्यंग्य पण्डितलाई पनि गर्न पाइन्छ । नेतालाई पनि गर्न पाइन्छ । प्रहरी, डाक्टर, वकिल, सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्नु कपोकल्पित कुरा हो,’ उनले भने, ’हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौं,’ उनले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend