काठमाडौं – कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रस्टीकरण दिएका छन् । आफूहरुमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन् ।
‘हिजोआज सामाजिक सञ्जालमा महजोडीले युएसएआइडीको पैसा लिएर धर्मविरोधी काम र प्रचार गर्यो भनेर अनर्गल प्रचार गरिएको छ । हामीलाई आफ्नो हितैशीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौं । जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन् । यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर जाँच्नु भए हुन्छ ।’
हरिवंश आचार्यले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा सचेतना फैलाउने-मदनबहादुर-हरिबहादुर’ ‘आमा’, ‘असल लोग्ने’ जस्ता टेलिफिल्महरूबाट कुनै धर्मविरोधी प्रचार नगरेको प्रस्ट्याए । ‘यो हामीले युट्युबमा किताबजस्तै छर्लंगै हुने गरी राखेका छौं । त्यहाँ कहीँ पनि सनातन हिन्दू धर्म, बुद्ध धर्म र कुनै पनि धर्मको विरोध गरेका छैनौं। अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं,’ उनले भने ।
हरिवंशले ०५२ मा ‘पन्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रम गर्दा त्यसमा पण्डित पात्रको प्रवृत्तिमाथि व्यंग्य गरेको कुरालाई लिएर पनि भ्रम सिर्जना गरिएको बताए । ‘पण्डित भन्दैमा भगवान हुँदैन । व्यंग्य पण्डितलाई पनि गर्न पाइन्छ । नेतालाई पनि गर्न पाइन्छ । प्रहरी, डाक्टर, वकिल, सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्नु कपोकल्पित कुरा हो,’ उनले भने, ’हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौं,’ उनले भने ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend