Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा ११ र १२ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक


    बिहिबार, फाल्गुन ८ २०८१
    3.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११, १२)ले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

    परीक्षा नियन्त्रण कार्यालयले साधारणतर्फ रजिष्ट्रेशन नम्बरमा सुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ सुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    परीक्षा बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार