काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ ।
विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको तथा यातना दिएर विद्यार्थीको आँखा फुटेको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई निर्देशन दिएको हो ।
तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङका प्रिन्सिपलका छोरी तथा लेखापाल सुष्मा श्रेष्ठले काली भन्दै गिज्याएको निहुँमा तीनजना विद्यार्थीको गालामा तातो पन्युले डामेकी थिइन् । त्यस्तै नवलपरासी पश्चिमको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको थियो ।
पछिल्ला दिनहरुमा शिक्षकबाटै विद्यार्थीहरु असुरक्षित रहेको भन्दै मन्त्रालयले विज्ञप्ति नै जारी गरेर यस्ता घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीमाथि यातना दिनेलाई छानविन गरी हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
यस्तै, मन्त्रालयले काठमाडौंको दक्षिणकाली र शंखरापुरमा स्कुल बस दुर्घटना भई विद्यार्थीको मृत्यु भएको घटनामा तत्काल छानबिन गर्न पनि प्रहरीलाई अनुरोध गरेको छ ।
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend