काठमाडौँ – नेपालले निः शुल्क पाउने भनिएको बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि छिट्टै आइपुग्ने भएको छ। अमेरिकाको सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च हस्पिटलको सहकार्यमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई ३५ थरीको औषधि निःशुल्क दिन लागेको हो।
बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने सम्झौता अघिल्लो वर्ष २७, मार्चमा भएको थियो। सम्झौता अनुसार नेपालले ५ वर्षसम्मका लागि निःशुल्क औषधि प्राप्त गर्नेछ।
अहिले पहिलो लटमा एक वर्षलाई पुग्ने गरी औषधि आउन लागेको विश्व स्वास्थ्य संगठन नेपालका बाल क्यान्सर अधिकृत डा. सुमन पन्थीले जानकारी दिएका छन्। कुन दिन औषधि आइपुग्छ भन्ने निश्चित नभए पनि एकसाता भित्र आइपुग्ने उनले बताए।
यसरी निःशुल्क आउने औषधि तत्कालका लागि नेपालका ४ अस्पताललाई दिइने छ। भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालले औषधि पाउनेछन्। २०२५ देखि २०३० सम्म ५ वर्षका लागि नेपालले निःशुल्क औषधि पाउने सम्झौता भएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend