Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ग्यास उद्योगीको आन्दोलन स्थगित


    बुधबार, माघ ३० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि आह्वान गरेको आन्दोलन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो ।

    उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलले तत्कालका लागि आन्दोलन स्थगित गरेको जनाइएको छ ।

    संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र संघका पदाधिकारीलाई बोलाउनुभएको थियो । छलफलमा उहाँले संघले राखेकामध्येका जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । संघले लागतअनुसारको बजार मूल्यबृद्धि गर्नुपर्ने लगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो ।

    संघले ६ वर्षपहिलाको समायोजन गरिएकै मूल्यमा अहिले पनि ग्यास बितरण गर्दा घाटा व्यहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राखेको बताइएको छ ।

    मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको र सो समितिले पेश गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले संघको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । उक्त अध्ययन प्रतिवेदनमा संघले असहमति जनाएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार