बासुदेब पौडेल
ललितपुर, ५ बैशाख । बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनमा भएको बेला महालक्ष्मी नगरपालिका – ५ ले नामसंकलन गरी घरबेटीको सिफारिसको आधारमा राहत वितरण गरिरहेकोछ । राहत लिन अनिवार्य रुपमा परिचय खुल्ने काजगात ल्याउनुपर्ने व्यवस्था गरिएकोछ । डेरामा बस्दै आएका , दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गरिरहेका मजदुरहरुलाई र आर्थिक अवस्था कमजोर भएका वडावासीलार्इ राहत प्रदान गरिएकोछ । पहिलो चरणको राहत वितरण कार्य लगभग अन्तिम चरणमा पुगेकोछ वडा अध्यक्ष राजकुमार सिलवालले बताउनु भएकोछ । हालसम्म लगभग १६०० घरधुरीले राहत लिइसकेको र राहत लिन छुटेका डेरावालको विषयमा पनि पुनः नाम दर्ता गरेर राहत लिन सकिने पनि बताउनुभएकोछ । राहत बितरण कार्य व्यवस्थित गर्न सहयोग गर्ने टोल सुधार समितिका पधाधिकारी र वडाको सम्पूर्ण टिमलाई वडाअध्यक्ष राजकुमार सिलवाल ले धन्यवाद ज्ञापन पनि गर्नुभएकोछ ।
साथै वडाले कोरना संक्रमण हुनवाट नियन्त्रण र रोकथामका लागि प्रत्येक टोल सुधार समितिसँग समन्य गरि टोल टोलमा सचेतना कार्यक्रम पनि गरेकोछ । वडाको निर्णयलाई प्रभाकारी रुपमा लागु गर्न र गराउन जनमत्रीटोल सुधार समितिका अध्यक्ष तथा समाजसेवी तिलकराम सापकोटा लगायत टोलसुधारका अन्य पधाधिकारी सहितको टोलीले आफ्रनो टोलमा अत्याबश्यक बाहेकका सवारी साधनलाई रोक लगाई ठाउँ ठाउँमा बार समेत लगाइएकाछन् । अनावश्यक भिडभाड नगर्न र अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन पनि सबै टोलबासीलाई आग्रह गरिएकोछ । यस्ता सचेतना मूलक कार्यले जनमानसमा सकारात्मक प्रभाब पर्ने र अनावश्यक भिडभाड अबश्य कम हुनेछ । 
तस्बीरमा सचेतना जगाउदै जनमैत्रीटोल सुधारका पधाधिकारीहरु ।

तस्बीरमा सचेतना जगाउदै वडा अध्यक्ष राजकुकार सिलवाल तथा टोलबासी ।