Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानपावर ब्यवसायी बचाउन ५० लाख नगद धरौटी फिर्ता गरियोस्ः रोहन गुरुङ


    शुक्रबार, बैशाख ५ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ५ बैशाख । कोभिड १९ महामारीले बैदेशिक रोजगार ब्यवसायमात्र होइन, ब्यवसायी समेत नराम्रोसँग डुब्ने भएका छन् । ब्यवसायी बचाउनका लागि नगद धरौटीका रुपमा राखेको ५० लाख रुपैयाँ ब्यवसायीलाई फर्काउन बैदेशिक रोजगार ब्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले सरकारसँग आग्रह गरेका छन् । सामाजिक संजालमा शुक्रबार उनले ब्यवसायी बचाउन यस्तो उपाय सुझाएका हुन् । 

    गुरुङले लेखेका छन्–‘२०६२ सालमा इराकमा १२ जना नेपालीहरुको निर्मम हत्या भएको घटनाको कारण उत्तेजित हुलहुज्जतले वैदेशिक रोजगार व्यावसायीको कार्यलयमा आगजनी र तोडफोड गरेको दुःखद् घटना सबैलाई थाहा भएको विषय हो ।

    सो दुःखद घटनाका कारण लामो समय म्यानपावर कार्यालयहरु बन्द भएको थिए । व्यवसायीहरुको कार्यलय संरचना निर्माण गर्न, अफिस भाडा लगायतका ब्यवस्थापन गर्न आर्थिक अभाव नहोस् भनी नेपाल सरकारले सबै इजाजतपत्र प्राप्त वैदेशिक रोजगार ब्यबसायीहरुले राखेको नगद धरौटी एक बर्षभित्र फिर्ता गर्ने गरी व्यावसायीलाई दिएको थियो । साथै समयभित्र सबै व्यवसायीले सो रकम सरकारलाई फिर्ता गरेका थिए ।

    कोरोना महामारीको कारण लकडाउन खुला भएता पनि वैदेशिक रोजगार व्यवसायीले कार्यालय सन्चालन गर्न कम्तीमा ८–१० महिना लाग्ने देखिन्छ । अधिकांस व्यवसायीले हालसालै ब्याजमा खोजेर बृद्धि भएको नगद धरौटी जम्मा गरेको देखिन्छ । कोरोना महामारीले गर्दा कारोबार नै नहुने अबस्थामा कार्यालय भाडा र स्टाफलाई तलब दिन समस्या पर्ने निश्चित छ । त्यसैले यदि व्यावसायी संस्था यो बीचमा मर्ज हुने अवस्था आएमा सो बमोजिम तोकिएको रकम तोकिएको समयमा जम्मा गर्ने नै छन् । यदि मर्जर नभएको खण्डमा हरेक संस्थाले २ बर्षभित्र दुई किस्तामा रकम फिर्ता गर्ने गरी वैदेशिक रोजगार व्यावसायीले राखेको नगद धरौटी रु. ५० लाख व्यवसायीलाई फिर्ता गरी वैदेशिक रोजगार व्यवसायीहरुलाई पलायन हुनबाट बचाउन नेपाल सरकारका सम्बन्धित निकायमा हार्दिक अनुरोध गर्दछु ।’ 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार