काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका–१२ स्थित ‘बहुप्राविधिक शिक्षालय भवन’को आज उद्घाटन गर्दै उनले बालबालिकाले विद्यालय शिक्षामा प्राप्त गरेका प्राविधिक र व्यवहारिक सीपले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले भने, ‘सबै वर्गका बालबालिकालाई समान अवसर र स्रोत उपलब्ध गराउनुको साथै सामुदायिक विद्यालयको शैक्षकस्तरलाई माथि उठाउन सामुहिक प्रयत्नको खाँचो छ ।’ माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा देशभरका सामुदायिक विद्यालयमा बलम्बु माध्यमिक विद्यालयले मानक कायम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा उक्त मानक कायम राख्न सुझाव दिए ।
दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशनको आर्थिक सहयोगमा चन्द्रागिरि नगरपालिकाले उक्त विद्यालयमा अत्याधुनिक प्रयोगशालासहित बहुप्राविधिक शिक्षालय तयार गरेको छ । यसका लागि दुई तले भवन र चार प्रयोगशाला बनाउन रु दुई करोड ५० लाख खर्च भएको जनाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत गरी चार विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने छ ।
बलम्बु माध्यमिक विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो रुचिको ती विधामध्ये एक विधामा अध्ययन गर्न सक्ने छन् । उनीहरुले कक्षा १२ उत्तीर्ण हुँदा ती चार विधामा स्नातक तह बराबरको सीप पूरा गर्न सक्ने जनाइएको छ ।
कार्यक्रममा पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठले हरेक सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सीप कक्षा सञ्चालन गर्न जरुरी रहेको चर्चा गरे । उनले यस्ता सीपमुलक कक्षाले स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सामुदायिक विद्यालयले बालबालिकालाई प्रदान गर्ने सैद्धान्तिक ज्ञानसँग प्राविधिक सीपलाई जोड्न बहुप्राविधिक शिक्षालयले सहयोग पुग्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वदशमै स्वरोजगार सिर्जना गर्न सामुदायिक विद्यालयमा हुने शैक्षिक ज्ञानसँगै प्राविधिक सीपले सहयोग पु(याउने उल्लेख गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend