Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुल्यो, यी १२ भाषा पढ्न पाइने


    शुक्रबार, पुष १२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – विश्वभाषा क्याम्पसले हिउँदे सत्र ९शैक्षिक सत्र–२०८१० को लागि १२ भाषामा अध्ययनको लागि भर्ना खुला गरेको छ ।

    शुक्रबार सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस प्रशासनले आगामी माघ २२ गतेदेखि सञ्चालन हुने हिउँदे सत्रका लागि नयाँ भर्ना खुलाएको हो ।

    चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, इटाली, कोरियन, अरबी, रसियन, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अग्रेजीका लागि फाराम खुला गरिएको हो ।

    अग्रेजी लेखनबाहेक सबै भाषाको लागि एसएसली वा एसईईमा कम्तिमा ‘सी’ग्रेड प्राप्त गरेको विद्यार्थीले भाषाका कक्षामा भर्ना पाउने सूचनामा उल्लेख छ । अग्रेजी लेखनका लागि भने त्रिविबाट स्नातक वा सो सरह उत्रिर्ण भएको हुनुपर्नेछ ।

    सूचना:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार