Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरु


    मंगलबार, पुष ९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरु भएको छ । कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यशालामा २५ प्रशिक्षार्थीलाई छनोट गरेर प्रशिक्षण थालिएको बताउँदै उनले चलचित्र छायांकनमा ड्रोन प्रयोग भए पनि त्यसलाई चलाउने दक्ष व्यक्तिको कमी पूर्ति गर्न कार्यशाला आयोजना गरिएको बताए ।

    चलचित्र छायाकार प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, निरज कँडेल, स्थिर छविकार राजभाइ सुवाल, कुवेर डंगोल, चलचित्रकर्मी शान्ता नेपालीलगायत २५ जना सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार