काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छन् ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताए । उनले भनिन्, “आँखा शरीरको महत्त्वपूर्ण तथा संवेदनशील अंग हो । आँखा स्वास्थ्य क्षेत्रमा यसको अध्ययन, अध्यापन, अनुसन्धान आवश्यक छ । विश्वविद्यालय निर्माण गर्न आवश्यक छ । यो विधेयकलाई परिस्कृत गरेर अगाडि बढाउनुपर्छ ।”
बैठकमा विधेयक संशोधन प्रस्तावकर्ता सांसद पदमबहादुर परियारले विधेयक समसामयिक रहेको बताउँदै नेपालमा आँखा स्वास्थ्यमा काम गर्ने अरू पनि संस्था रहेकाले उनीहरूलाई पनि समेट्ने विषयमा छलफल गर्नुपर्ने बताए ।
संशोधन प्रस्तावकर्ता अर्का सांसद मदनकुमारी शाह ९गरिमा०ले विधागत रूपमा विश्वविद्यालय बन्नु राम्रो थालनी भएको बताइन् । उनले भनिन्, “दक्षताको हिसाबले पनि यो विश्वविद्यालय बन्नु राम्रो हो । यो स्वागतयोग्य निर्णय हो । तिलगंगाले आफैँ लेन्स उत्पादन गरेर निर्यात गर्नु पनि एकदमै राम्रो पक्ष हो ।”
समितिकी सदस्य सांसद जयन्तीदेवी राईले तिलगंगाले आँखा स्वास्थ्यमा सबैको मन जितिसकेको बताउँदै यो विधेयकलाई नरोक्न र यसलाई छिटो बढाउनुपर्ने बताइन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend