Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • महाभारत गाउँपालिकाका १०० जनाको आँंखाको शल्यक्रिया


    आइतबार, मंसिर २३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • भक्तपुर – नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र महाभारत गाउँपालिकाको आयोजनामा मंसिर १७ गतेदेखि २२ गतेसम्म संचालन गरिएको मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सफलताका साथ सम्पन्न भएको छ ।

    गाँउपालिकाका बिभिन्न वडाहरुमा मंसिर १७ गतेदेखि १९ गतेसम्म मोतिबिन्दु छनौट शिविर संचालन गरिएको थियो । शिविरबाट एक हजार तीन सय ६ जना बिरामीहरुले आबश्यक ओषधि सहित प्रत्यक्ष उपचार पाएका थिए भने एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएको थियो ।

    शिविरबाट छानिएका मोतिबिन्दु शाल्यक्रिया गर्नुपर्ने विरामीहरूको मंसिर २१ र २२ गते घर्तिछाप स्वास्थ्य चौकीमा शल्यक्रिया सम्पन्न भएको छ । एक सय ३५ जना मोतिबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरु छनौट गरिएकोमा जम्मा एक सय जनाको शल्यक्रिया गरिएको शिविरका संयोजक तथा ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताए ।

    शिविर महाभारत गाउँपालिकाका सम्पूर्ण वडाहरुलाई पायक पर्ने गरी मोतिबिन्दु छनौट शिविर राखिएको थियो। शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालका बरिष्ठ नेत्र रोग बिशेषज्ञ तथा आँखा अस्पताका प्रमुख सुदीप राजभण्डारीको नेतृत्वमा सम्पन्न भएको हो ।

    यसअघि ख्वप तिलगंगा आँखा अस्पतालले भक्तपुर तथा आसपासका जिल्लाहरुमा एकदिने मोतिबिन्दु छनौट शिविर राखिएता पनि शल्यक्रिया सहितको शिविर पहिलो पटक महाभारत गाँउपालिकामा गरिएको इन्चार्ज अधिकारीले बताए ।

    शल्यक्रिया शिविरमा १३ बर्षको बालकदेखि १०० बर्षसम्मको बृद्वबृद्वाको शल्यक्रिया गरिएको थियो । शिविरमा एकै घरका बिगत ११ बर्षदेखि दुबै आँखाको ज्योती गुमाएका दिदी, भाइको पनि दुबै आँखाको सफल शल्यक्रिया गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार