गोरखा – सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निस्शुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निस्शुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
“चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने बित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर बीमा गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने । कार्यक्रमअन्तर्गत हालसम्म २५ जना गर्भवतीसहित उनीहरूका परिवारका एक सय २५ जनाको निस्शुल्क स्वास्थ्य बीमा भएको छ ।
“गाउँपालिकाले एक जना गर्भवतीका लागि गरिदिएको रु तीन हजार पाँच सयको स्वास्थ्य बीमाबाट गर्भवतीसहित परिवारका पाँच जनाको बीमा हुन्छ, जसबाट परिवारका पाँच जना सदस्य प्रत्येकले प्रतिव्यक्ति रु एक लाखसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्दछन्”, शाखा प्रमुख श्रेष्ठले भने ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend