गोरखा – सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निस्शुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निस्शुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
“चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने बित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर बीमा गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने । कार्यक्रमअन्तर्गत हालसम्म २५ जना गर्भवतीसहित उनीहरूका परिवारका एक सय २५ जनाको निस्शुल्क स्वास्थ्य बीमा भएको छ ।
“गाउँपालिकाले एक जना गर्भवतीका लागि गरिदिएको रु तीन हजार पाँच सयको स्वास्थ्य बीमाबाट गर्भवतीसहित परिवारका पाँच जनाको बीमा हुन्छ, जसबाट परिवारका पाँच जना सदस्य प्रत्येकले प्रतिव्यक्ति रु एक लाखसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्दछन्”, शाखा प्रमुख श्रेष्ठले भने ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend