ओखलढुंगा – ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनः स्थापना गृह स्थापना गरी अस्पतालले कुपोषित बालबालिकालाई स्वस्थ बनाएको हो ।
जिल्ला अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनः स्थापना गृहबाट आर्थिक वर्ष २०७७र७८ देखि हालसम्म दुई सय ५६ बालबालिकालाई पोषणयुक्त खाना र आवश्यक औषधोपचार तथा स्याहार सेवा दिइएको छ । बालबालिकालाई कुपोषणका कारण हुने बौद्धिक तथा शारीरिक अपांगताबाट बचाउन तथा कडा रोग लाग्नबाट जोगाउन पोषण पुनः स्थापना गृह सञ्चालन गरी सेवा प्रदान गर्दै आएको अस्पताल प्रमुख डा। साजन दुवालले बताए ।
स्वस्थ जीवनका लागि आवश्यक पोषणको महत्वसँगै कुपोषणका कारण हुनसक्ने मानव विकासको क्षतिबारे पनि नागरिकलाई जानकारी दिने गरेको डा। दुवाल बताउँछन् । “कुपोषित बालबालिकालाई स्वस्थ बनाउन, कुपोषण हुन नदिन चेतना फैलाउने काम गरिरहेका छौँ”, उनले भने, “सामान्य हेलचेक्रयाँइ र समस्याबाट सुरु हुने कुपोषण दीर्घकालीन समस्या बन्ने तथा मानव जीवन नै समाप्त बनाउनेसम्मको घातक रोग भएकाले यसतर्फ ध्यान दिन जरुरी छ ।”
बालबालिकामा कुपोषणको समस्या देखिए बेलैमा उपचार गराउन अभिभावकलाई डा। दुवालको सुझाव छ । आवासीय पोषण पुनः स्थापना गृहमा कुपोषणले ग्रस्त भएका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई राखेर आवश्यक निःशुल्क स्वास्थ्योपचारका साथै सन्तुलित आहारको व्यवस्था मिलाइएको छ । बालबालिकाको कुपोषणको उपचार तथा व्यवस्थापन, बालबालिकाको उचाइ र उमेरअनुसारको तौल पुर्याउन आवश्यक उपचारात्मक कार्य गर्न, बालबालिकाको हेरचाह गर्ने अभिभावकलाई समेत पोषणसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने गरिन्छ ।
“यहाँ ओखलढुंगासहित छिमेकी जिल्ला खोटाङ, सोलुखुम्बुलगायत जिल्लाका नागरिक सेवा लिने आउने गरेका छन्”, डा। दुवालले भने । पोषण पुनः स्थापना गृहमा कुपोषित बालबालिकाको हेरचाहका लागि उनीहरूका एक अभिभावकलाई राख्ने व्यवस्था छ ।
यहाँ राखिएका कुपोषित बालबालिकालाई उनीहरूको अवस्था हेरेर दैनिक आठदेखि १२ पटकसम्म आहारा खुवाउने गरिएको छ । केन्द्रबाट आव २०७७र७८ मा ३६, आव २०७८र७९ मा ७४, आव २०७९र८० मा ८२ र आव २०८०र८१ मा ५२ बालबालिकालाई सेवा प्रदान गरिएको थियो । चालु आव २०८१र८२ को चार महिनामा १२ बालबालिकाले सेवा लिएको अस्पतालले जनाएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend