काठमाडौँ । जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजेन्सी कोपर्निकसले डरलाग्दो भविष्यवाणी गरेको छ । एजेन्सीले २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने भविष्यवाणी गरेको हो । विज्ञप्तिमा औसत तापमान पूर्व-औद्योगिक स्तर भन्दा १.५ डिग्री सेल्सियस माथि हुने उल्लेख छ ।
कोपर्निकसले यस वर्षको अक्टोबर सबैभन्दा तातो भएपछि यो भविष्यवाणी गरेको थियो । नोभेम्बर ११ मा अजरबैजानको बाकुमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनअघि कोपर्निकसको यो घोषणाले वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ ।
संयुक्त राष्ट्रसंघको यस सम्मेलनमा विकसित देशहरूले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सन् २०२५ देखि विकासोन्मुख देशहरूलाई आर्थिक सहायता उपलब्ध गराउन सहमत हुन सक्नेछन् ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका डेपुटी डाइरेक्टर सामन्था बर्गेसले भनिन्, ‘सन् २०२४ को १० महिनापछि, २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुनेछ भन्ने निश्चित छ ।’
यो विश्वव्यापी तापमान वृद्धिको लागि नयाँ रेकर्ड हुनेछ र कोप २९ शिखर सम्मेलन अघि जलवायु परिवर्तन सम्बन्धी महत्त्वपूर्ण मुद्दा हुनुपर्छ ।
युरोपेली एजेन्सीका वैज्ञानिकहरूले गत महिना अक्टोबर २०२४ विश्वकै दोस्रो सबैभन्दा तातो अक्टोबर भएको बताएका थिए। यसअघि सन् २०२३ को अक्टोबर पनि निकै तातो थियो, जब सतहको हावाको औसत तापक्रम १५.२५ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो, जुन सन् १९९१ देखि २०२० सम्मको अक्टोबरको औसत तापक्रमभन्दा ०.८० डिग्री सेल्सियस बढी थियो।
यति मात्र होइन, सन् २०२४ को पहिलो १० महिना (जनवरीदेखि अक्टोबर) मा विश्वको औसत तापक्रम सन् १९९१-२०२० को सोही अवधिको तुलनामा ०.७१ डिग्री सेल्सियसले बढी थियो । त्यस्तै, सन् २०२३ को जनवरी–अक्टोबरको तुलनामा यस वर्षको सोही अवधिमा तापक्रम ०.१६ डिग्री सेल्सियस बढी थियो ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend