काठमाडौँ । जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजेन्सी कोपर्निकसले डरलाग्दो भविष्यवाणी गरेको छ । एजेन्सीले २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने भविष्यवाणी गरेको हो । विज्ञप्तिमा औसत तापमान पूर्व-औद्योगिक स्तर भन्दा १.५ डिग्री सेल्सियस माथि हुने उल्लेख छ ।
कोपर्निकसले यस वर्षको अक्टोबर सबैभन्दा तातो भएपछि यो भविष्यवाणी गरेको थियो । नोभेम्बर ११ मा अजरबैजानको बाकुमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनअघि कोपर्निकसको यो घोषणाले वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ ।
संयुक्त राष्ट्रसंघको यस सम्मेलनमा विकसित देशहरूले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सन् २०२५ देखि विकासोन्मुख देशहरूलाई आर्थिक सहायता उपलब्ध गराउन सहमत हुन सक्नेछन् ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका डेपुटी डाइरेक्टर सामन्था बर्गेसले भनिन्, ‘सन् २०२४ को १० महिनापछि, २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुनेछ भन्ने निश्चित छ ।’
यो विश्वव्यापी तापमान वृद्धिको लागि नयाँ रेकर्ड हुनेछ र कोप २९ शिखर सम्मेलन अघि जलवायु परिवर्तन सम्बन्धी महत्त्वपूर्ण मुद्दा हुनुपर्छ ।
युरोपेली एजेन्सीका वैज्ञानिकहरूले गत महिना अक्टोबर २०२४ विश्वकै दोस्रो सबैभन्दा तातो अक्टोबर भएको बताएका थिए। यसअघि सन् २०२३ को अक्टोबर पनि निकै तातो थियो, जब सतहको हावाको औसत तापक्रम १५.२५ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो, जुन सन् १९९१ देखि २०२० सम्मको अक्टोबरको औसत तापक्रमभन्दा ०.८० डिग्री सेल्सियस बढी थियो।
यति मात्र होइन, सन् २०२४ को पहिलो १० महिना (जनवरीदेखि अक्टोबर) मा विश्वको औसत तापक्रम सन् १९९१-२०२० को सोही अवधिको तुलनामा ०.७१ डिग्री सेल्सियसले बढी थियो । त्यस्तै, सन् २०२३ को जनवरी–अक्टोबरको तुलनामा यस वर्षको सोही अवधिमा तापक्रम ०.१६ डिग्री सेल्सियस बढी थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend