सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। कात्तिक १८ गते आइतबार बिहान बराहक्षेत्र नगरपालिका ३ नडाहा स्थित जीवन कार्कीको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरूमा ललितपुर सातदोबाटो निवासी ४४ वर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका-१ निवासी ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ निवासी २७ वर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र-३ निवासी ३२ वर्षीय बिदुर कार्की, ४४ वर्षीय दिनराज राई छन् ।
त्यसैगरी, २४ वर्षीय मान बहादुर कार्की, बराहक्षेत्र-८ निवासी ४९ वर्षीय खड्ग बहादुर विष्ट, रामधुनी नगरपालिका-५ निवासी ४६ वर्षीय गौरी शङ्कर लुइटेल, बराहक्षेत्र-३ निवासी ४५ वर्षीय रेवत थापा, ३४ वर्षीय खगेन्द्र कार्की, ३० वर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ निवासी ४५ वर्षीय जीवन कार्की, हतुवागडी-७ निवासी ३५ वर्षीय ज्ञान बहादुर राई, र भोजपुर आमचोक निवासी ४१ वर्षीय दुर्गाराज राई पक्राउ परेका छन् ।
प्रहरीले जुवाको खालबाट ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ नगद र २२ बुङ तास बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend