काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्नु र आन्दोलनकारीलाई तर्साउने सोच राख्नु क्रुर नाजीवादी सोच भएको टिप्पणी गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले गरेको आन्दोलनले प्रहरी अनुसन्धानमा बाधा पुगेको भन्दै त्यस्तो गतिविधि नगर्न भनेपछि साहले यस्तो टिप्पणी गरेका छन् ।
उनले एमालेले शाहीकालको जस्तो व्यवहार देखाउनु लोकतन्त्रको उपहास भएको दाबी गरेका छन् । साहले आफूले यसअघिदेखि भन्दै आएको कुरा मुलुकमा अहिले लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको कुरा एमालेको पछिल्लो गतिविधिले झनै पुष्टि गरेको स्पष्ट पारे । एमाले महासचिव पोखरेलको विज्ञप्ती आएलगत्तै सिंहदरबारमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले एमाले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको अवस्थामा पुगेको बताए ।
उनले भने,‘नागरिकले शान्तिपूर्ण आन्दोलन गर्न पाउने उसको अधिकार हो । संविधानले नै यो कुरा ग्यारेन्टी गरेको छ । अनि शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने, आन्दोलन नै गर्न पाउँदैनस् भन्नु दमनकारी सोच हो । यो अधिनायकवादी सोच हो । एमालेको व्यवहार त बच्चालाई कुट्ने अनि रुनपनि नदिनेजस्तो देखियो ।’
साहले अब जनताको शासन स्थापित गर्न निर्णायक संघर्षमा होमिनुपर्नेमा जोड दिए । उनले आफूले त गत चैत्रमा नै काठमाडौंमा बृहत्त आमसभा गरेर तेस्रो जनआन्दोलनको उद्घोष गरेको र अहिलेका नेताहरुको कुकर्मको कारण तेस्रो जनआन्दोलन सम्मनिकट आएको सुनाए ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend