काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्नु र आन्दोलनकारीलाई तर्साउने सोच राख्नु क्रुर नाजीवादी सोच भएको टिप्पणी गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले गरेको आन्दोलनले प्रहरी अनुसन्धानमा बाधा पुगेको भन्दै त्यस्तो गतिविधि नगर्न भनेपछि साहले यस्तो टिप्पणी गरेका छन् ।
उनले एमालेले शाहीकालको जस्तो व्यवहार देखाउनु लोकतन्त्रको उपहास भएको दाबी गरेका छन् । साहले आफूले यसअघिदेखि भन्दै आएको कुरा मुलुकमा अहिले लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको कुरा एमालेको पछिल्लो गतिविधिले झनै पुष्टि गरेको स्पष्ट पारे । एमाले महासचिव पोखरेलको विज्ञप्ती आएलगत्तै सिंहदरबारमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले एमाले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको अवस्थामा पुगेको बताए ।
उनले भने,‘नागरिकले शान्तिपूर्ण आन्दोलन गर्न पाउने उसको अधिकार हो । संविधानले नै यो कुरा ग्यारेन्टी गरेको छ । अनि शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने, आन्दोलन नै गर्न पाउँदैनस् भन्नु दमनकारी सोच हो । यो अधिनायकवादी सोच हो । एमालेको व्यवहार त बच्चालाई कुट्ने अनि रुनपनि नदिनेजस्तो देखियो ।’
साहले अब जनताको शासन स्थापित गर्न निर्णायक संघर्षमा होमिनुपर्नेमा जोड दिए । उनले आफूले त गत चैत्रमा नै काठमाडौंमा बृहत्त आमसभा गरेर तेस्रो जनआन्दोलनको उद्घोष गरेको र अहिलेका नेताहरुको कुकर्मको कारण तेस्रो जनआन्दोलन सम्मनिकट आएको सुनाए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend