काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिरहेको छ । पोखरामा उनीसँग बयान लिने कार्य भइरहेको छ । लामिछानेमाथि अनुसन्धान भइरहँदा सर्वोच्च अदालतका एक नायबसुब्बाले उनलाई अदालतबाट छुटाउनेगरी चलखेल गरेको आरोप छ । यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सचिवालयमा रहेका नायबसुब्बा(नासु) राजकुमार भट्टले सहकारी ठगीमा थुनामा रहेका लामिछानेलाई छुटाउनका लागि चलखेल गरिरहेको आरोप लागेको हो ।
रवि लामिछानेकै निकट मानिने दीपक बोहरासँग भट्टको सम्बन्ध राम्रो छ । त्यही सम्बन्धका आधारमा गएको जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा (क्लिन चिट’ दिनेगरी महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनको पेशी ६ महिना सारिदिएका थिए । तत्कालीन महान्यायाधीवक्ता दीनमणि पोखरेल र तत्कालीन गृहमन्त्री रवि लामिछानेबिरुद्ध भट्टराईले रिट दर्ता गरेका थिए । जुन रिटको पेशी २० असारबाट ६ महिनापछि २८ मंसिर, २०८१ मा सार्ने काम भट्टले नै गरेका थिए । प्रधानन्यायाधीशका बिश्वासिला नासु भट्टले त्यति महत्वपूर्ण रिटको पेशी ६ महिना सार्ने भूमिका खेलेका थिए । सपना मल्ल र सारंगा सुवेदीको बेन्चमा राय बाझिएपछि तुरुन्त पेशी तोक्नुपर्नेमा ६ महिना पर सार्ने काम भट्टले गरेका थिए ।
अहिले सहकारी प्रकरणमा पनि भट्टले लामिछानेलाई छुटाउन भूमिका खेलिरहेका छन् । स्रोतका अनुसार दीपक बोहराले भट्टमार्फत् लामिछानेलाई छुटाउनका लागि पहल गरिरहेका छन् । यसअघिको रिटको पेशी ६ महिना सार्ने भट्टले अहिले पनि लामिछानेलाई छुटाउन पहल गरिरहेको स्रोत बताउँछ ।
तत्कालीन प्रधानन्याधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का विनाप्रतिस्पर्धा समानान्तर निर्माणसेवाका अच्यूतप्रसाद खरेललाई ६ अर्बमा दिएपछि ब्यापक बिरोध भयो । भवन विभागले बनाउनुपर्ने सर्वोच्चको भवन चोलेन्द्रले सर्वोच्चबाटै विनाप्रतिस्पर्धा ६ अर्बमा समानान्तरलाई ठेक्का दिएका थिए । प्रतिस्पर्धाबाट दिएको भए ४ अर्ब ५० करोडमा बन्ने भवन सेटिङमा दिएर १ अर्ब ५० करोड अनियमितता गरेको आरोप चोलेन्द्र राणामाथि लागेको थियो ।
चोलेन्द्रबिरुद्ध महाभियोग दर्ता भएपछि कामु प्रधानन्यायाधीश भएका दीपककुमार कार्कीले उक्त ठेक्का तोड्न खोजे । तर सकेनन् । उनीपछि आएका हरिकृष्ण कार्कीले पनि ठेक्कामा भएको अनियमितता खोज्दाखोज्दै अवकाश भए । त्यसपछि विश्वम्भर श्रेष्ठ आए । उनको सचिवालयमा कार्यरत नासु भट्टमार्फत् समानान्तरका खरेलले श्रेष्ठसँग कुरा मिलाएर निर्वाध काम गर्न पाएका थिए । स्रोतका अनुसार भट्टले मोटरसाइकलमाआफ्नै घरमा लगेर भेट गराएपछि भवन निर्माणको काम निर्वाध अगाडि बढेको थियो । गाडीमा जाँदा सूचना लिक हुन्छ भनेर भट्टले मोटरसाइकलमा सुटुक्क खरेलसँग भेटघाटको प्रबन्ध मिलाएका थिए ।
सर्वोच्चमा बसेर सेटिङमा निकै सिपालु भइसकेका नासु भट्ट नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको सचिवालयमा पनि हावी हुने प्रयत्नमा छन् । नासु भट्लाई त्यहाँ राख्न प्रधानन्यायाधीश राउतको जिल्ला उदयपुरका बदनाम बिचौलिया हरिप्रसाद तिमल्सिना पनि लागेका छन् । तिमल्सिना केएल टावरदेखि विभिन्न मुद्दामा सेटिङ गरी अकूत कमाइसकेका र अहिले पनि प्रधानन्यायाधीश र आफू उदयपुरकै भएको भन्दै मुद्दा सेटिङमा तल्लीन छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend