Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच रूसी नागरिकको मृत्यु


    मंगलबार, असोज २२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । धौलागिरी हिमाल आरोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ ।

    पर्यटन विभागका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव ७ हजार ६०० मिटरको उचाइमा फेला परेको हो ।

    १४ जना रूसी नागरिकको समूह  धौलागिरि हिमालको आरोहणका लागि गएकोमा ८ जना आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका थिए । उनीहरू आइएएम ट्रेकिङ एजेन्सीमार्फत् आरोहणका लागि गएका थिए ।

    आइतबार रातिदेखि नै सम्पर्कविहीन भएका उनीहरुको उद्धार गर्न हेलिकप्टर पठाउन खोजिएको भएपनि मौसम खराब भएका कारण मंगलबार बिहानै मात्र हेलिकप्टर त्यसतर्फ गएको थियो ।

    बेस क्याममा दुई जना र क्याम्प वानमा सकुशल भेटिएकाएक जनाको उद्धार गरेर उपचार भइरहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार