Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री ओली न्यूयोर्कमा


    शनिबार, असोज ५ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

    प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९.४५ बजे न्यूयोर्क आइपुगेका हुन्  ।

    प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा  राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्याबाहक राजदूत कुमारराज खरेल, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदूत चक्र सुवेदी र अधिकारीहरुले स्वागत गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार