काठमाडौं । असाेज ५ गते नेपाल पत्रकार महासंघको निर्वाचनको तिथि तोकिएसँगै चुनावी माहोल तात्तिँदै गएको छ।
काठमाडौं उपत्यकामा प्रेस सेन्टरको बलियो उपस्थिति देखिएको छ र यसपटकको निर्वाचनमा प्रेस सेन्टरले कसलाई उम्मेदवार बनाउने भन्ने विषयले सबैको ध्यान केन्द्रित गरेको छ।
विशेषगरी काठमाडौं र ललितपुरमा प्रेस सेन्टरको पकड सबल रहेको छ । उपत्यकाका क्रियाशील पत्रकारहरूले प्रेस सेन्टरले गठबन्धन नगरी स्वतन्त्र रूपमा उम्मेदवारी दिनुपर्नेमा जोड दिएका छन् । यो दबाबले नेतृत्वसमेत गम्भीर बनेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं उपत्यकाको अध्यक्ष पदमा टेनिस रोकाको नाम लगभग पक्का भएको छ भने महासचिवमा सागर पन्त र कोषाध्यक्षमा अजित अधिकारीको चर्चा छ ।
त्यस्तै, काठमाडौं जिल्ला अध्यक्षका लागि शोभा अर्याल र ललितपुर जिल्लाका अध्यक्षका लागि रामहरि कार्कीको उम्मेदवारी सुनिश्चित भइसकेको छ । उपत्यकाका केन्द्रीय सदस्यका लागि सूर्य सुवेदी र अर्जुन पन्तको बलियो सम्भावना देखिएको छ, जसले पत्रकारहरूको समर्थन पाइरहेका छन् । खुला केन्द्रीय सदस्यमा फणीन्द्र फुयाल , नवराज दाहालको नाम अग्रपंक्तिमा रहेको छ ।
मधेशी सचिव पदमा प्रवीण चौधरी र एसाेसिएटकाे सचिव पदमा योगेश खपाङ्गीको उम्मेदवारी लगभग तय भइसकेको छ । गठबन्धनको अवस्था र राजनीतिक परिस्थितिले जन्मदेव जैशीलाई अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षमध्ये एकमा उम्मेदवारी दिने अवस्था उत्पन्न गराउँदै लगेको छ । पदाधिकारीका दाबेदार राेशन पुरी र रामकृष्ण अधिकारीको उम्मेदवारी केमा दिने भन्ने कुरा गठबन्धनको अन्तिम निर्णयमा निर्भर हुनेछ । प्रेस सेन्टरका एक पदाधिकारीले चुनावी समीकरणहरूको आधारमा उम्मेदवारहरूको स्थिति परिवर्तन हुनसक्ने बताए ।
प्रेस सेन्टरबाट महासंघको पदाधिकारीका आकांक्षी अन्य धेरै छन् । वर्तमान लेखा समिति संयोजक लेखनाथ न्यौपानेका अलावा केन्द्रीय सदस्यहरु ज्ञान पौडेल, दीपेन्द्र शर्मा, सरिता बराईली लगायतले पदाधिकारीको आकांक्षा राखेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend