काठमाडौं । असाेज ५ गते नेपाल पत्रकार महासंघको निर्वाचनको तिथि तोकिएसँगै चुनावी माहोल तात्तिँदै गएको छ।
काठमाडौं उपत्यकामा प्रेस सेन्टरको बलियो उपस्थिति देखिएको छ र यसपटकको निर्वाचनमा प्रेस सेन्टरले कसलाई उम्मेदवार बनाउने भन्ने विषयले सबैको ध्यान केन्द्रित गरेको छ।
विशेषगरी काठमाडौं र ललितपुरमा प्रेस सेन्टरको पकड सबल रहेको छ । उपत्यकाका क्रियाशील पत्रकारहरूले प्रेस सेन्टरले गठबन्धन नगरी स्वतन्त्र रूपमा उम्मेदवारी दिनुपर्नेमा जोड दिएका छन् । यो दबाबले नेतृत्वसमेत गम्भीर बनेको छ । नेपाल पत्रकार महासंघ काठमाडौं उपत्यकाको अध्यक्ष पदमा टेनिस रोकाको नाम लगभग पक्का भएको छ भने महासचिवमा सागर पन्त र कोषाध्यक्षमा अजित अधिकारीको चर्चा छ ।
त्यस्तै, काठमाडौं जिल्ला अध्यक्षका लागि शोभा अर्याल र ललितपुर जिल्लाका अध्यक्षका लागि रामहरि कार्कीको उम्मेदवारी सुनिश्चित भइसकेको छ । उपत्यकाका केन्द्रीय सदस्यका लागि सूर्य सुवेदी र अर्जुन पन्तको बलियो सम्भावना देखिएको छ, जसले पत्रकारहरूको समर्थन पाइरहेका छन् । खुला केन्द्रीय सदस्यमा फणीन्द्र फुयाल , नवराज दाहालको नाम अग्रपंक्तिमा रहेको छ ।
मधेशी सचिव पदमा प्रवीण चौधरी र एसाेसिएटकाे सचिव पदमा योगेश खपाङ्गीको उम्मेदवारी लगभग तय भइसकेको छ । गठबन्धनको अवस्था र राजनीतिक परिस्थितिले जन्मदेव जैशीलाई अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षमध्ये एकमा उम्मेदवारी दिने अवस्था उत्पन्न गराउँदै लगेको छ । पदाधिकारीका दाबेदार राेशन पुरी र रामकृष्ण अधिकारीको उम्मेदवारी केमा दिने भन्ने कुरा गठबन्धनको अन्तिम निर्णयमा निर्भर हुनेछ । प्रेस सेन्टरका एक पदाधिकारीले चुनावी समीकरणहरूको आधारमा उम्मेदवारहरूको स्थिति परिवर्तन हुनसक्ने बताए ।
प्रेस सेन्टरबाट महासंघको पदाधिकारीका आकांक्षी अन्य धेरै छन् । वर्तमान लेखा समिति संयोजक लेखनाथ न्यौपानेका अलावा केन्द्रीय सदस्यहरु ज्ञान पौडेल, दीपेन्द्र शर्मा, सरिता बराईली लगायतले पदाधिकारीको आकांक्षा राखेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend