सम्राट उपाध्याय
काठमाडौं । दुई ठूला दलको सहमतिमा गठन भएको वर्तमान सरकारमा डा. आरजु राणा देउवालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको छ । पीएचडी गरेकी डा. राणामाथि पति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा राज्यका नियुक्तिहरुमा चलखेल गरेको आरोप लाग्दैआएको छ । उनी राजकीय जिम्मेवारीमा नगई शक्तिकेन्द्रको रुपमा राज्यका निर्णयमा हावी हुने गरेको आरोप लाग्दैआएकोमा अब मन्त्रीकै भूमिकामा उनी पुगेकी छन् ।
यसपटक डा. राणाबाट कांग्रेस पंक्तिमात्र होइन, आमजनताले आशा र भरोसा गरेका छन् । उनले त्यो भरोसालाई कायम राख्ने हुन् कि २०६६ मा उपप्रधानसहित परराष्ट्र मन्त्री बनाइएकी सुजाता कोइराला जस्तै गुमनाम हुने हुन्, त्यो भने भावी दिनमा देखिनेछ । २०६२–०६३ को क्रान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई राजनीतिक उत्तराधिकारी बनाउन उपप्रधानमन्त्री बनाए, तर उनले पिताको भरोसालाई कायम राख्न सकिनन् । त्यसपछि उनको राजनीतिक यात्रामा बिराम लाग्न पुग्यो । उनी एकपछि अर्को गर्दै राजनीतिक परिदृश्यबाटै गुमनाम हुन पुगेकी छन् । डा. राणाले मन्त्रीका रुपमा खेल्ने भूमिकाले भावी राजनीतिमा उनको भूमिका तय हुनेछ ।
डा. राणाले परराष्ट्रमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा विदेशमन्त्री एस जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर कूटनीतिक क्षमता देखाएकी छन् । भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो समेत उनले दिएकी छन् ।
यसअघिका कतिपय पराष्ट्रमन्त्रीहरुसँग परिचय गर्दागर्दै अर्को पटक जाँदा अर्कै मन्त्री भइसकेको हुन्थ्यो । तर राणाका बाबुबाजेको समेत भारतमा ठूलो जग्गा जमिन, विभिन्न कम्पनीमा सेयर, नातागोता र परिवारकै राम्रो प्रभाव र ब्यक्तिगत सम्बन्ध भएकाले नेपाल–भारतका बीचमा नयाँ सम्बन्ध कायम गर्न सहयोग पक्कै हुनेछ ।
भारतमा भएको द्विपक्षीय उच्चस्तरीय भेटले नेपालको हितमा डा. राणबाट कस्तो पहल हुन्छ, नेपाल फर्किएपछि देखिने नै छ । भारत भ्रमणको उपलब्धी के कस्तो हुनेछ नेपालीले विस्तारै थाहा पाउनेछन् । भजनमण्डलीको भजन र सल्लाहमात्र होइन, विज्ञहरुसँग परामर्श गरेर अगाडि बढ्ने हुन् कि होइनन् भन्ने पनि हेरिरहेकाछन् । कतिपयले डा. राणालाई भावी प्रधानमन्त्री भनेर चर्चा र विश्लेषण गरेका छन् । चोक–चोकमा यस्ता चर्चा पनि सुनिन्छन् ।
कतिपय प्रतिशोधको भावनाबाट ग्रसित भएर अब के षड्यन्त्र गर्ने अडियो नक्कली बनाउने कि के गरी बदनाम गर्ने भनेर तानाबानातिर पनि लागेका छन् । तर यस्ता तत्वको जतिसुकै षडयन्त्रलाई पनि परास्त गर्न सक्ने खुबी र हिम्मत मन्त्री राणामा देखिन्छ । पुरुष प्रधान देश महिलाले भाग खाइदिने हो कि भन्ने चिन्ता पनि कतिपयमा बढेको छ ।
परराष्ट्र मन्त्रीको दिल्ली भ्रमण सफल भएको टिप्पणी गर्दै पत्रकार प्रकाश तिमल्सिनाले लेखेका छन्–‘मन्त्री राणाको भारत भ्रमणले नेपाललाई केही महत्वपूर्ण उपलब्धि भएको खण्डमा उनको राजनीतिक उचाइ बढ्नेछ ।
मोदीले हाम्रो परराष्ट्र मन्त्रीलाई दिएको उच्च सम्मान प्रशंसायोग्य छ ।
मोदीले आफूसँग भेटबार्तामा बिदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, मुख्य सचिव पिके मिश्र, बिदेश सचिव बिक्रम मिश्री, नेपालका लागि भारतीय राजदूत साथमा राखेर छलफल गरेका छन् ।
जानकारहरूका अनुसार यस्तो जमघटझ यसअघि कुनै परराष्ट्र मन्त्री जाँदा थिएन्, यो प्रधानमन्त्रीलाई दिइने हैसियतको सम्मान बराबर हो ।
यो दृश्यबाट के भन्न सकिन्छ भने, कसैलाई पद दिएर मात्रै हुन्न, त्यो पदका लागि ‘लायक र सक्षम ब्यक्तित्व पनि हुनुपर्छ, अरूले पत्याउनु पनि पर्छ । अनेक कमजोरी होलान् तर अब आरजु राणा राष्ट्रिय राजनीतिमा जबर्जस्ती उदाउने देखिन्छ, बरू उनी देउवाको पत्नी भएका कारण राजनीतिमा छायाँमा परेको अनुभूति भयो ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend