धनगढी । बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोडभन्दा बढी खर्च गरेको पाइएको छ।
नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो। सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएको छ।
मापदण्ड बिनै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ खर्च गरेको पाइएपछि नगरपालिकाको चर्को आलोचना भइरहेको छ।
सरकारी सवारीसाधन सरकारी काममा मात्र प्रयोग गर्नुपर्ने, सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने व्यवस्था हुँदाहुँदै पनि दशरथचन्द नगरपालिकामा भने सवारीमर्मत र इन्धन वितरणमा मनपरी भइरहेको फेला परेको छ। सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ विपरीत सो नगरपालिकाले इन्धनमा मात्र ३० लाख ८२ हजार ९६ रुपैयाँ खर्च गरेको छ।
इन्धन खर्चमा नगरपालिकाले कुनै मापदण्ड समेत बनाएको छैन । त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानिनोक्सानी नहुने गरी संरक्षण गर्ने र चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्वन्धित कार्यालय प्रमुखको हुने व्यवस्था छ। नगरपालिकाले भने महालेखा परीक्षकको फाइल नम्बर ४४५ तयार नगरेरै सवारीमर्मतको नाममा २१ लाख ५० हजार रुपैयाँ खर्चेको हो।
यस्तै नगरपालिकाले अर्को चरम लापरबाही गरेको पनि पाइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को ३९ (१०) मा सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाइ र कागजात संलग्न भए/नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे/नपुगेको जाँच गर्नुपर्ने हुन्छ।
तर, नगरपालिकाले इन्धन खरिदको भुक्तानी गर्दा एउटा सप्लायर्सको बियक राखेर अर्कै सप्लायर्सलाई भुक्तानी दिएको छ। २०७९ चैत २ मा काटिएको १६६ भौचर नम्बरको बिलमा भुक्तानी गर्नुपर्ने महादेव जनरल स्टोरलाई भए पनि हरि आयल स्टोरको बिजक नम्बर एचवएस-छज्ञणड-७९/८० राखेको पाइएको छ। उक्त बिजकमा ५ लाख ८७ हजार ४०० को बिल काटिएको छ।
यसरी नगरपालिकाले चरम आर्थिक चलखेल गरेको र भ्रष्टारको गन्ध आइरहेको स्थानीय बताउँछन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौँ । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend