काठमाडौं । सरकारले विद्युत नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा. मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
धिताल यसअघि बोर्ड सदस्य थिए । उनले तत्कालीन ऊर्जामन्त्री पम्फा भूसालको निर्देशनमा बोर्डबाट राजीनामा दिएका थिए ।
धिताल लामो समय बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा सेवा गरी प्रमुखबाट अवकाश भएका थिए ।
राजीनामा दिन नमानेका अध्यक्ष दिल्लीबहादुर सिंह लगायतलाई भूसालले पदबाट बर्खास्त गरे पनि उनीहरु अदालतबाट अन्तरिम आदेश ल्याएर कार्यकाल सकेर बिदा भएका थिए ।
यसैगरी, दुग्ध विकास बोर्डको अध्यक्षमा राजेन्द्रप्रसाद यादवलाई नै नियुक्ति गरेको छ । उनी यसअघि पनि बोर्डको अध्यक्ष थिए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend