टेक्सास । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्।
नेपालले पहिलो खेल मंगलबार राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।
‘उक्त प्रतिस्पर्धामा नेपाली खेलाडीको मनोबल बढाउन हामी सबैले भूमिका निर्वाह गर्नुपर्छ। हामीले प्रदान गरेको हौसलाले खेलाडिहरूलाई जित्न बल पुग्ने सेतु हुनसक्छ। नेपाली खेलाडी सुपर ८ मा पुग्न सफल भएमा नेपालको शीर थप चुलिने छ। त्यसैले यहाँहरू सबैको गरिमाय सहभागिताका लागि विनम्र अनुरोध गर्दछु,’ विष्टले एक अपिल जारी गर्दै भनेका छन्।
१० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम टी-२० विश्वकप मैदानमा उत्रिने भएको छ। यसअघि बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेको थियो। पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend