Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा नियुक्त


    शुक्रबार, जेष्ठ १८ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् ।

    गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन् ।  यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

    दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस) मा आवद्ध छन् । उनलाई  बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार