काठमाडौं । नदीजन्य पदार्थहरु ढुङ्गा–बालुवा ठेक्का दिंदा अनियमितता गरेको अभियोगमा सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल र लेखाअधिकृत मानबहादुर ठाडासहित १३ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार मुद्दा दर्ता गरेको हो ।
भेरीगंगा नगर कार्यपालिकाको कार्यालयले आ.व. २०७६–०७७ मा नदीजन्य पदार्थहरु ढुङ्गारबालुवा ठेक्का दिंदा कानून मिची आर्थिक अनियमितता गरेको उजुरीमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको बिभिन्न ठेक्काहरुमध्ये भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरु उत्खनन तथा संकलन र विक्री वितरण कार्य ठेक्का नं. ४ र छिन्चुखोला र डुङ्गिखोलाबाट नदीजन्य पदार्थहरु उत्खनन तथा संकलन र बिक्री वितरण कार्यको लागि ठेक्का नं ५ मा बदनियतपूर्ण तवरले फर्महरुसँग एकआपसमा मिलोमतो गरी ठेक्का दिएको आयोगले जनाएको छ ।
धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न इन्कार गरे पनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने एवं खरिद कानूनले निर्देश गरेको प्रक्रियाविपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने कार्य गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । यस्तो कानूनविपरीतका कार्य गरी रु. ३६ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ २४ बराबरको राजश्व रकम हानीनोक्सानी गरेको देखिएकाले मुद्दा दायर गरेको आयोगले जनाएको छ ।
नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा अनियमितता गर्ने कार्यमा संलग्न पौडेलसहित भेरीगंगा नगरपालिका सुर्खेतका तत्कालीन इन्जिनियर बिजयकुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै र सहलेखापाल छविलाल सुनार छन् ।
त्यसैगरी ठेकेदार न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरिबहादुर बुढा क्षेत्री, नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकाल र एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भीम बहादुर बुढा क्षेत्रीबिरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend