काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न पूर्व पदाधिकारीसहित २० जनाबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीतासिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले जनाएको छ ।
बैद्य करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी थिइन् । सीआईबीले बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको बताएको छ । पक्राउ पूर्जी जारी भएकाहरुमा बाल संगठनका पूर्वपदाधिकारीका अलावा बृहस्पती स्कुलका संचालक र अख्तियारप्राप्त ब्यक्तिहरु छन् । बृहस्पति स्कुल विशाल ग्रुपको स्वामित्वमा संचालित छ । बृहस्पति स्कुलले कौडीको मूल्यमा बालमन्दिरको उक्त जग्गा ५९ बर्षका लागि लिजमा लिएको छ ।
बृहस्पति ले लिजमा लिएको बालमन्दिरको जग्गामा कीर्ति पाण्डेले राई स्कुलसमेत संचालित छ । पक्राउ पूर्जी जारी भएकामा कीर्ति पाण्डे समेत छन् । उनी आफूलाई प्रहरी प्रशासनमा भारतीय दूताबासको निकट भएको फूर्तिफार्ती देखाउने पात्रका रुपमा चिनिन्छन् । प्रहरीका उच्च अधिकारीहरुसँग दूताबासको हाउगुजी देखाउने पाण्डेसहित विशाल ग्रुपका सिद्धार्थ केडिया, अभिनव संघाई, श्रद्धा संघाइका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । बालमन्दिरको जग्गा कौडीको मूल्यमा ५९ बर्षसम्म लिजमा दिनेहरुलाई ठगीसम्बन्धी कसुर लगाउनेगरी पक्राउ पूर्जी माग गरिएको छ ।
पक्राउ पूर्जी जारी भएकाहरुमा नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, नेपाल बाल संगठनका तत्कालीन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह छन् ।
त्यसैगरी, नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव श्यामकुमार आले, नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवासकुमार पोखरेल । नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान, नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने, नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठका बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (वृहस्पति विद्यासदन) का संचालक प्रविणराज जोशी, वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि. का तत्कालीन संचालक मुरारीनिधि तिवारी । वृहस्पति विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष पुरुषोत्तमराज जोशीका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend