काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न पूर्व पदाधिकारीसहित २० जनाबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीतासिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले जनाएको छ ।
बैद्य करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी थिइन् । सीआईबीले बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको बताएको छ । पक्राउ पूर्जी जारी भएकाहरुमा बाल संगठनका पूर्वपदाधिकारीका अलावा बृहस्पती स्कुलका संचालक र अख्तियारप्राप्त ब्यक्तिहरु छन् । बृहस्पति स्कुल विशाल ग्रुपको स्वामित्वमा संचालित छ । बृहस्पति स्कुलले कौडीको मूल्यमा बालमन्दिरको उक्त जग्गा ५९ बर्षका लागि लिजमा लिएको छ ।
बृहस्पति ले लिजमा लिएको बालमन्दिरको जग्गामा कीर्ति पाण्डेले राई स्कुलसमेत संचालित छ । पक्राउ पूर्जी जारी भएकामा कीर्ति पाण्डे समेत छन् । उनी आफूलाई प्रहरी प्रशासनमा भारतीय दूताबासको निकट भएको फूर्तिफार्ती देखाउने पात्रका रुपमा चिनिन्छन् । प्रहरीका उच्च अधिकारीहरुसँग दूताबासको हाउगुजी देखाउने पाण्डेसहित विशाल ग्रुपका सिद्धार्थ केडिया, अभिनव संघाई, श्रद्धा संघाइका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । बालमन्दिरको जग्गा कौडीको मूल्यमा ५९ बर्षसम्म लिजमा दिनेहरुलाई ठगीसम्बन्धी कसुर लगाउनेगरी पक्राउ पूर्जी माग गरिएको छ ।
पक्राउ पूर्जी जारी भएकाहरुमा नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य, नेपाल बाल संगठनका तत्कालीन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह छन् ।
त्यसैगरी, नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त ऐ का महासचिव श्यामकुमार आले, नेपाल बाल संगठनका तत्कालिन अख्तियार प्राप्त ऐ का महासचिव सुवासकुमार पोखरेल । नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ, नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान, नेपाल बाल संगठनका तत्कालीन महासचिव रामकाजी कोने, नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्रबहादुर शाही, नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठका बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
वृहस्पति विद्यालय व्यवस्थापन प्रालि (वृहस्पति विद्यासदन) का संचालक प्रविणराज जोशी, वृहस्पति विद्यालय व्यवस्थापन प्रा.लि. का तत्कालीन संचालक मुरारीनिधि तिवारी । वृहस्पति विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष पुरुषोत्तमराज जोशीका बिरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend