मोहम्मद हबिब
भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो।
वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजका प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएकोले दैनिक कार्यमा प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रकेर्ड यस वर्षको अहिलेसम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले बताए। भैरहवाको हालसम्मकै उच्च तापक्रम भने सन १९९५ मे ३ मा ४५ दशमलव २ पुगेको थियो।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको तथ्याङ अनुसार पछिल्लो एक साताबाट भैरहवाको तापक्रम नेपालकै उच्च रहेको छ।
विभागको तथ्याङक अनुसार आइतबार साझ ५ बजेर ४५ मिनेटसम्म भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव २ मापन गरिएको छ। जनकपुरको ४१ दशमलव ४, सिमराको ४० दशमलव ३ र विराटनगरकोे ४० दशमलव २ मापन गरिएको छ।
एक सातादेखि ४० डिग्रीकै सरदरमा तापक्रम रहेकोले स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ। बिहान सबेरैबाट सुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरू मारमा परेका छन्। गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ। अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरू घर बाहिर निस्कन छाडकोले संख्या पातलिएको छ।
गर्मीको राहतका लागि विधुत एउटा सहारा भए पनि बेलाबेलामा जाने गरेको छ। भएको विद्युतमा पनि लो बोल्टेज र ट्रिपिङको समस्या छ। गर्मी बढेसँगै अस्पतालमा विरामीहरूको संख्या पनि बढेको छ। अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण बिरामीको संख्यासरदर भन्दा दोब्बर भएको छ। भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको छ।
भैरहवाको भीम अस्पताल, मेडिकल कलेज, सिटी हस्पिटल र अन्य निजी अस्पतालमा पनि विरामीको चाप बढेकोले चिकित्सकलाई भ्याइ नभ्याइ छ। भीम अस्पतालका आकस्मिक कक्ष केही दिनयता बढेको गर्मीका कारण विरामीको संख्या पनि बढ्दै गएको छ।
गर्मीका कारण शरीरमा घमौरसहित अन्य समस्या आउने भएकोले सकेसम्म घरबाहिर निस्कन नहुने स्वास्थय कार्यालय रुपन्देहीको सुझाव छ। निस्किहाल्नुपरेमा पातलो कपडा सरीर छोपिने गरी लगाउने र सक्दो पानी पिउने बाहिरी खुला रूपमा राखेका खाना नखाने, खादा र ताजा खाना खाने गर्मीले लु लाग्ने भएर मान्छे मुर्छित भएर उच्च रक्तचाप बढ्ने र मस्तिष्कघात, हृदयघात, पक्षाघातलगायतका रोग लाग्ने भएकोले सतर्कता अपनाउन स्वास्थय कार्यालयले अनुरोध गरेको छ।
ठाउँठाउँमा आगलागी भइरहेका छन्। आगलागीले करोडौंको धनमाल नष्ट भएका छन्। गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन्। तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ।
गर्मी बढेसँगै बजारमा भएको मानिसहरुको चहलपहलको कमीका कारण व्यापार व्यवसायमासमेत कमी आएको छ। सधै जसो भिडभाड हुने ठाँउ भैरहवाको गल्लामण्डी, बैक रोड, आवारोड, मैत्री पथमा चहलपहल निकै कम छ। गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको भने व्यापार बढेको छ। स्थानीय बासिन्दाको भनाइ अनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो। गर्मीले मानिसमात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन्।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend