Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • त्रिविको निर्णय: बैशाख र जेठमा हुने सबै परीक्षा स्थगन


    शुक्रबार, चैत्र २८ २०७६
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, २८ चैत । आगामी बैशाख र जेठ महिनामा हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा स्थगन भएको छ । त्रिविले एक सुचना सार्वजनिक गर्दै परीक्षा स्थगन गरेको हो ।  
     बैशाख र जेठ महिनामा हुने गरी अहिले प्रकाशित भएका परीक्षा तालिकाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

    बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर राख्दै यो दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

    निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, बी.बी.एस. र बी.ए.चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गरिएका हुन् ।

    त्यस्तै, पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका नियमित तथा आंशिक परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार