विराटनगर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन दिए पनि मातहतका जिल्ला प्रमुखहरुले त्यसको पालना गरेका छैनन् । कार्यालय प्रमुखले अतिरिक्त आम्दानीका लागि घुमुवा परिचालन गर्ने गरेका छन् ।
जिल्लाका एसपीहरुले सरुवा भएर जाँदा आफूसँगै घुमुवा समेत लिएर गएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले हवल्दार दीपक आचार्यलाई आफूसँगै झापा लगी घुमुवाका रुपमा परिचालन गरेका छन् । आचार्यलाई एसपी केसीले आफ्नो खटिनु केही दिनअघि झापा सरुवा गराएका थिए ।
जागिरमा प्रवेश गरदेखि नै प्रहरी बृत्त ठिमीको घुमुवा बसेर असुलीमा निलम्बनमा पनि परिसकेका हुन् दीपक आचार्य । केही समयअघि शैलेश श्रेष्ठले भक्तपुरको कौशलटारमा संचालन गरेको जुवा अखाडामा प्रहरीले छापा हानेको थियो । उक्त जुवा अखाडामा प्रहरीले छापा हानेपछि शैलेश श्रेष्ठ फरार भए । शैलेश श्रेष्ठलाई फरार अभियुक्तका रुपमा तस्वीरसमेत निकाल्यो । ठिमी बृत्तका घुमुवा आचार्यले फरार सूचीबाट नाम हटाउँछु भनेर ५० हजार घुस मागेका थिए ।
उक्त घुस मागेको अडियो तरुण दलमा समेत आवद्ध रहेका शैलेश श्रेष्ठले तत्कालीन उपत्यका कार्यालयका डीआईजी शैलेश थापालाई पठाइदिए । उक्त अडियो प्रकरणमा शैलेश थापाले घुमुवा आचार्यलाई निलम्बन गरेका थिए । थापापछि उपत्यका प्रहरीको प्रमुख भएका विश्वराज पोखरेलले घुमुवा आचार्यका निलम्बन फुकवा गरेका थिए । सर्वेन्द्र खनाल आईजीपी भएको समयमा उनको निवासमा कार्यरत डीएसपी गोविन्द कार्कीको निर्देशनमा उनको निलम्बन फुकुवा भएको थियो । निलम्बन फुकुवापछि आचार्य नागढुंगा हुँदै स्वयम्भू बृत्तको घुमुवा भएका थिए । स्वयम्भू बृत्तका इन्चार्ज थिए हालका झापाका एसपी मिलन केसी ।
केसी २०७८ जेठ २९ मा जेलमा कैदसंजाय काटिरहेका गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई भेट्न गएको आरोपमा स्वयम्भु बृत्तको डीएसपीबाट २ बर्षअघि तानिएसँगै आचार्यलाई पनि काठमाडौं परिसरमा सरुवा गराएका थिए । गुण्डानाइके बस्नेतलाई भेट्न गएका उनलाई नसिहत दिएको भए पनि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापा जस्तो जिल्लाको इन्चार्जमा सरुवा गरेकोमा उनको आलोचना समेत भएको थियो । स्वयंभू बृत्तमा घुमुवाका रुपमा गुण्डानाइके बाघे समूहको जुवा अखाडा संरक्षण गर्ने लगायतबाट आर्थिक लाभ गराएकाले झापा जाँदा पनि उनले सँगै लगेर सादा पोशाकमा परिचालन गरेका छन् ।
यसैबीच,जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले पनि आईजीपी कुँवरको निर्देशनबिपरीत क्राइम टोली, अनुसन्धान टोली जस्ता विभिन्न आवरणमा घुमुवा परिचालन गरेको आरोप छ । क्राइम टोली, अनुसन्धान टोलीको आवरणमा राखिएका घुमुवाहरुका कारण मोरङका बिभिन्न नाकाहरूमा व्यापक तस्करी मौलाएको छ । राजस्व छली तस्करी रोक्न सीमा नाकामा खटिएका प्रहरीसँगको मिलेमतोमै तस्करहरूले लाइन मिलाएर दैनिक करोडौंको सामान आयात निर्यात गर्दैआएका छन् ।
नोचा, डुमरिया, रंगेली, सिक्टी भुटाहा, बुधनगर, दरैया, सोराभाग र डाइनिया, मायागञ्ज, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाटका छोटी भन्सारबाट पनि तस्करी बढेको छ । एसपी कार्कीले खटाएको टोलीले यी नाकाहरुबाट तस्करी गर्नेहरुलाई लाइन दिएर मासिक दररेट असुली गर्ने गरेको आरोप छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend