सञ्जय मिश्रा
रौतहट, १९ चैत । रौतहटस्थित वन क्षेत्रभित्र भीषण आगलागी भएको छ। आगो नियन्त्रणको प्रयास जारी रहे पनि नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय रौतहटको क्षेत्रअन्तर्गत घाटगद्दी गरी राखिएको काठमा भीषण आगलागी भएको हो। आगलागीबाट लाखौंको काठ दाउरा जलेर नष्ट भएको छ। पूर्व-पश्चिम महेन्द्र राजमार्गको लमाहा क्षेत्र आसपास घाटगद्दी गरी राखिएको काठ दाउरामा आज दिउँसोदेखि सुरु भएको भिषण आगलागी अहिले पनि नियन्त्रणमा आउन सकेको छैन ।
गैडाटार सब डिभिजन वन क्षेत्रबाट कटान गरेको काठ दाउरामा आगलागी भएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन निमार्णको लागि वन क्षेत्रबाट कटान गरेको उक्त काठ दाउरामा आगलागी भएको प्रमुख मिश्रले जानकारी दिएका छन्। सोमबार दिउँसो २ बजेर ४२ मिनेटमा आगलागी बारे सुचना आएको सेक्टर वन कार्यालय चोचाका प्रमुख अधिकृत राजेश कुमार साहले बताएका छन्। खबर लगत्तै चन्द्रपुर लगायत विभिन्न स्थानबाट पाँच वटा बारुण यन्त्र दमकलसहित वन कर्मचारी, वन सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय मिलेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । तर, बेलुकी ७ बजे समाचार तयार पार्दासम्म नियन्त्रण हुन नसकेको अधिकृत साहले बताएका छन् ।
आगलागीबाट काठ दाउरा जलेर भएको क्षति बारे पूर्ण एकिन नभए पनि १५/२० लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको उनले जानकारी दिएका छन् ।
दिउँसोदेखि नै हुरीको जस्तै चलिरहेको तीव्र बेगको हावाका कारण आगो नियन्त्रणमा समस्या भएको प्रहरीले जनाएको छ।
तीव्रगतिको हावा चलेकै कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा दैनिक जसो आगलागीको घटना भइरहेको प्रहरीले जनाएको छ। न्युज कारखाना
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend