हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् । सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन् ।
यसअघि हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत पाउने निश्चित भएकोमा अब एकीकृत समाजवादीले सती प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मतको पक्षमा नउभिने निर्णय गरेको हो । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनालले समान सहभागिता हुने सुनिश्चितता नभएको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताएका छन् ।
हाम्रो नेपाली पार्टी सरकारमा सामेल भएपनि पार्टीले निर्णय नगरेको भन्दै विवाद भएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीको २ मत छ ।
एकीकृत समाजवादीले विश्वासको मत नदिएमा जम्कट्टेलले विश्वास मत गुमाउछन् ।
प्रदेशमा नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेपाल मजदुर किसान पार्टीका ३ सांसद रहेका छन् । तिनै दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
यसैबीच नयाँ सत्ता समीकरणमा रहेका दलका शिर्ष नेताहरुबीच बागमती प्रदेशको विषयमा छलफल गर्न बैठक बसेपनि अनिर्णित भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सात प्रदेश मध्ये एक प्रदेशमा नेतृत्व पाउनुपर्ने, सबै प्रदेशमा सम्मानजनक सहभागिता पाउनु पर्ने, सबै राजनीतिक नियुक्तिमा सम्मानजनक भाग पाउनुपर्ने माग राखेको बताइएको छ । उनले भागबण्डा स्पष्ट नभए बागमतीमा विश्वासको मत दिन एकीकृत समाजवादी बाध्य नहुने चेतावनी समेत दिएका छन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend