धनगढी । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारबाट अलग्गिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । शाहले प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेट्दै एक विना विभागीयसहित तीन मन्त्री थप गर्दै आज मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शुक्रबारै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन् । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि बहुमत पुग्दैन । बहुमत पुग्नका लागि २७ सांसद आवश्यक हुन्छ । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका सांसद १८ छन् भने नाउपाका ७ छन् । बहुमतका लागि २ सिट पुग्दैन । जबकि एमाले–माओवादी र समाजवादीलाई पनि बहुमत पुग्दैन । नाउपालाई सामेल गर्नैपर्छ ।
सूदुरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् । सुदूरपश्चिममा राप्रपा र एक स्वतन्त्र निर्णायक देखिएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend