Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला, तीन जना पक्राउ


    शनिबार, फाल्गुन १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । शुक्राबार राति ११:४५ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले शिशुलाई काँडाघारीमा भेटाएकाे हाे ।

    प्रसूति गृहबाट बालिका चोरीको कसुरमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौंको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनकुमारी  सिंहसहित अन्य दुई जना रहेका छन् ।

    विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि  मनकुमारीले बालिका चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार