Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जंगलमा धराप थाप्ने तीन जना पक्राउ


    सोमबार, फाल्गुन ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने तीन जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, वर्ष ३८ का सुधराम चौधरी र पालिकाको वडा नम्बर ५ बस्ने ४० वर्षीय राजकुमार चौधरी रहेका छन्।

    उनीहरूले जंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी-१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका-३ का दुर्गा खत्री घाइते भएका थिए। घटनामा संलग्न घोडाघोडी-४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो।

    उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार