काठमाडौं। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका सात जना फरार प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लुटपाट, सम्बन्ध विच्छेद तथा चेक अनादर मुद्दामा तीन लाख २७ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा साविक रमौली गाबिस वडा ६ का रामचन्द्र बैठा, लक्षमी बैठा, रामाप्रवेश बैठा रहेका छन्। उनीहरूलाई लुटपाट मुद्दामा जिल्ला अदालत गौरले जनही ७५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।
त्यस्तै रमौली ७ कै बलदेव यादव र शिवाकालिया देवी रहेकी छिन्। उनीहरूलाई सम्बन्ध बिच्छेद मुद्दामा अदालतले जनही २५ हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै गाली बेईजती मुदामा ५० हजार जरिवाना तोकिएका गौर नगरपालिका ५ का प्रभात कुमार झा र चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएका दुर्गा भगवती गाउँपालिका २ का अमरनाथ पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारिगरेको सूचनामा उल्लेख गरिएको छ।
पक्राउ परेका सातैजनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत गौरमा मंगलवार उपस्थित गराइएको प्रहरीले जनाएको छ। रौतहट प्रहरीले पछिल्लो समय फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ। यसअघि यस आर्थिक वर्षको साउन देखि माघ मसान्त सम्म ६ महिनामा २८० फरार प्रतिवादी पक्राउ गरेको थियो।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend