Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वनमन्त्री बस्नेतले उपलब्ध गराए जाजरकोटमा स्वास्थ्य सामग्री 


    मंगलबार, चैत्र २५ २०७६
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जाजरकोट, २५ चैत ।

    वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतले जाजरकोटमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । वस्नेतको सहयोग र पहलमा उक्त सामाग्री जाजरकोटमा पठाइएको हो । 

    मन्त्री बस्नेतका स्वकीय सचिव मुक्तिराज वस्नेतले प्रमख जिल्ला अधिकारी जनकराज पन्तमार्फत् मंगलवार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।  

    मन्त्री वस्नेतले वेड १२ सेट, १ सय सेट गज, थर्मल गण १० थान, पीपीई १४० सेट, गाउन १० थान, मास्क १७००, डिटोल सावुन (सोप) १ काटुन, ४५० थान ग्लोप्स र डिटोल लिकुईट र  हेण्ड वास २ काटुन सहयोग गरेका छन् । 

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले स्वास्थ्य सामाग्री बुझ्दै कोरोना भाइरसको संक्रमणको बेला मन्त्री वस्नेतको सहयोगले मनोवल उच्च भएको बताए । उनले स्वास्थ्य सामाग्री कोभिड १९ को संक्रमणबाट जोगिन र कोरोना भाइरसका बिरामी जांचमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने जानकारी दिए । 

    ‘हामी यो स्वास्थ्य सामग्रीको सदुपयोग गर्छौ, यस्तो कठिन परिस्थितिमा पनि मन्त्रीज्युले यो सामाग्री व्यवस्था गर्नुभएको छ । हामी आवश्यकता हेरेर जिल्ला स्वास्थ्य र स्थानिय तहमा स्वास्थ्य सामाग्री पठाउछौं ।’ प्रमुख जिल्ला अधिकारी पन्तले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार