Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ


    मंगलबार, माघ १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् । आज काठमाडौंकोबाट ट्राफिक प्रहरीले मोटरसाइकल चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ५ घर भई हाल काठमाडौंको भिमढुङ्गा बस्ने २४ वर्षीय सुरेश विश्वकर्मा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका ६ घर भई काठमाडौंको बालुवाटार बस्दै आएका ३० वर्षीय जितेन्द्र तामाङ रहेका छन् ।

    वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२४८ नम्बर राखी चलाइरहेको अवस्थामा सुरेश विश्‍वकर्मालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता ‍ईकाइबाट खटिएको टोलीले फेला पारी काठमाडौं महानगरपालिका १६ पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको हो । अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्र तामाङ मार्फत विश्वकर्माले खरिद गरेको खुल्न आए पछि तामाङलाई समेत काठमाडौंको थापाथलीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार